आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

एकैदिन थपिए २४२८ कोरोना संक्रमित, उपत्यका मात्रै १,१५२

गोकर्णेश्वर खबर९ बैशाख २०७८, बिहीबार १९:०६ मा प्रकाशित (३ साल अघि) ३३० पाठक संख्या

काठमाडौं । २४ घन्टामा देशभरबाट २ हजार ४ सय २८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अनुसार देशभर १० हजार ४ सय ४८ जनामा गरिएको नमुना परीक्षणको नतिजामा कुल २ हजार ४ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका २ हजार ४ सय २८ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ । यीमध्ये १२ हजार ६ सय ९० जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा ९ सय ८७, ललितपुरमा १ सय ६ र भक्तपुरमा ८१ जना गरी उपत्यकामा एक हजार १ सय ७४ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ सय ७० जना र भेन्टिलेटरमा ५९ जना उपचाररत छन् ।

मंगलबार देशभर २ सय ५२ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका २ सय ५२ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७६ हजार ३ सय ४५ जना पुगेको छ । निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय १७ पुगेको छ ।