आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर महादेव मन्दिरमा गजुर राखियो

गोकर्णेश्वर खबर९ बैशाख २०७८, बिहीबार १८:३२ मा प्रकाशित (३ साल अघि) १०२३ पाठक संख्या

काठमाडौं । बिहीवार गोकर्णेश्वरमा गदाधर नारायण तथा पार्वती माताको मन्दिरमा दिउँसो १ बजे मेयर सन्तोष चालिसे द्वारा सुनको जलपसहितको गजुर राखिएको छ ।

कार्यक्रममा नगर प्रवक्ता तथा वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, नगर प्रमुख सल्लाहकार दिपक रिसल ,वडा १ का अध्यक्ष राम मानन्धर , वडा ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ ,वडा ५ का अध्यक्ष नारायण बहादुर सुवेदी , वडा ६ का अध्यक्ष रमेश अर्याल , वडा ८ का वडा सदस्य  नन्दलाल श्रेष्ठ ,वडा ४ का वडा सदस्य जयराम महत , गोकर्ण प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक ज्ञान कुमार कट्टेल,गोकर्ण महिला संजालकी सचिव अम्बिका निरौला, सुनौलो पाइलाकि अध्यक्ष एवं समाजसेवी रोज बिष्ट,  समाजसेवी प्रमिला शेर्पा लगायत मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेकोे थियो ।

मन्दिर २०७२ सालको भूकम्पले क्षति पुर्‍याएकाे थियो। ऐतिहासिक धार्मिक महत्व बोकेको मन्दिरलाई पशुपतिनाथ मन्दिरमा जस्तै बनाउन र लेपनबाट मन्दिरलाई आकर्षक बनाउन २०७५ साल मंसिर महिनाबाट स्वर्णलेपनको काम थालिएको थियो। प्रत्येक वर्षको कुशे औँशीका दिन मन्दिर र गोकर्ण जङ्गलमा ठूलो मेला लाग्ने गर्दछ।