आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर नगरपालिकामा ५४ जना कोरोना संक्रमित

गोकर्णेश्वर खबर८ बैशाख २०७८, बुधबार २०:४३ मा प्रकाशित (३ साल अघि) ९४५ पाठक संख्या

काठमाडौं बैशाख ८ । गोकर्णेश्वर नगरपालिकामा  २०७७ साल चैत्र देखि २०७८ साल बैशाख ५ गते सम्ममा  ३८ जना पुरुष  र १६ जना महिला गरि कुल ५४  जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको छ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा २०७७ साल चैत्र देखि कोहिमा पनि संक्रमण पुष्टि नभएको  जानकारी गराएको छ । नगरपालिकाले   कोरोनाको कहर पुन बढ्दै गएको हुँदा  थप   स्वास्थ्य सतर्कता  अपनाउन अनुरोध गरेको  छ । नगरपालिका  स्वास्थ्य शाखाले   भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेको छ  ।