आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

नेपाल महिला संघ गोकर्णेश्वर वडा नं. ८ तदर्थ समिति गठन

गोकर्णेश्वर खबर३ बैशाख २०७८, शुक्रबार २२:४६ मा प्रकाशित (३ साल अघि) ६६१ पाठक संख्या
३ बैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा नेपाल महिला संघको वडास्तरीय तदर्थ समिति गठन भएको छ । नेपाल महिला संघ काठमाडौंका सभापति विष्णुदेवी पुडासैनीको उपस्थितीमा भएको बैठकले गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा नेपाल महिला संघको वडास्तरीय तदर्थ समिति गठन गरेको हो ।
तदर्थ समितिमा अध्यक्ष उर्मिला अधिकारी, सचिव पुष्पा पोखरेल, कोषाध्यक्ष ज्योती खरेल रहनु भएको छ भनें सदस्यहरुमा राधिका श्रेष्ठ, नविना सापकोटा, सुनिता कार्की, शर्मिला मिजार, वन्दना गौतम, मन कुमारी पुन, लिला खनाल, शारदा शाह रहनु भएको छ ।
नेपाल महिला संघ गोकर्णेश्वर वडा नं. ८ तदर्थ समितिलाई पूर्णता दिन बसेको बैठक नेपाल महिला संघका जिल्ला सभापति विष्णुदेवी पुडासैनी, नेपाली कांग्रेस गोकर्णेश्वर वडा नं. ८ का इकाई सभापति मनोज कुमार ढुंगाना, महिला संघका क्षेत्रीय सभापति लेख कुमारी पुडासैनी, महिला संघ नगर संयोजक लिला भट्टराई, नेपाली कांग्रेसका जिल्ला सदस्य भावना ठकुरी, नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि नन्दलाल श्रेष्ठ, इकाई उपसभापति मुक्तिनाथ डोटेल, इकाई सहसचिव राजेश दाहाल लगायतको उपस्थितीमा बसेको बैठकले तदर्थ समिति गठन गरेको हो ।
बैठकमा नेपाल महिला संघ आबद्ध महिलाहरुको उत्साहका साथ सहभागिता रहेको थियो । यसै गरी बैठकले वडाबाट नगर समितिमा लक्ष्मी पुडासैनी र गीता खनाललाई प्रतिनिधि पठाउने निर्णय गरेको छ । वैठकले महिनामा कन्तिमा एक पटक बैठक बस्ने निर्णय गरेको छ ।