FLASH NEWS
आज: ७ बैशाख २०७८, मंगलवार | Tue, 20, Apr, 2021

भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ५५७ जनामा कोरोना संक्रमण,थप ४४५ जनाको मृत्यु

गोकर्णेश्वर खबर२४ चैत्र २०७७, मंगलवार २२:५९ मा प्रकाशित (२ हफ्ता अघि) ७५ पाठक संख्या

काठमाडौँ – भारतमा थप ‍९६ हजार ५५७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

यो संख्या सोमबारको तुलनामा कम हो । यसअघि (सोमबार) चैत्र २३ मा भारतमा अहिलेसम्मकै धेरै १ लाख ३ हजार ७९३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २६ लाख ८४ हजार ४७७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १७ लाख ३० हजार ४५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख ८८ हजार ८५५ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ५७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ४४५ जनाको मृत्यु भएको छ ।