आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

भारतको बिनादुरीमा भूकम्प, काठमाडौंसम्म धक्का

गोकर्णेश्वर खबर२३ चैत्र २०७७, सोमबार २२:०६ मा प्रकाशित (३ साल अघि) ८९४ पाठक संख्या

भारतमा सोमबार राति भूकम्प भएको छ ।  भारतको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको छ भने काठमाडौंमा पनि सामान्य महसुश भएको छ ।
भारतीय भूकम्प मापन केन्द्रले भारतमा ५.४ म्याग्निच्यूडको सो भूकम्प राति ९ बजेर ४ मिनेटमा गएको जनाएको छ।
यसैबीच काठमाडौँस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका महानिर्देशक लोकविजय अधिकारीले पूर्वी नेपालमा भूकम्पको धक्का ठूलो महसुश भएको जानकारी दिए ।