आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर नगरपालिकामा राष्ट्रिय जनगणना २०७८ सचेतना गोष्ठी

गोकर्णेश्वर खबर२० चैत्र २०७७, शुक्रबार ०९:२७ मा प्रकाशित (३ साल अघि) ८२७ पाठक संख्या

काठमाडौँ, चैत्र २० । राष्ट्रिय जनगणना २०७८ को सन्दर्भ पारेर गोकर्णेश्वर नगरपालिकामा मेरो गणना, मेरो सहभागिता भन्ने नाराको साथमा  जिल्लास्तरीय सचेतना गोष्ठी गरिएको छ । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशव्यापी सञ्चालन हुने जनगणनाको बारेमा जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउन जिल्ला जनगणना कार्यालयले सचेतना गोष्ठी गरेको हो ।

 उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिव सुन्दरराज बैद्य रहेका थिए भने बिशेष अतिथिको रुपमा जिल्ला समन्वय समिति काठमाडौंकि उप प्रमुख सरिता दाहाल गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल केन्द्रय तथ्यांक बिभागका महानिर्देशक नेबीलाल श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य ,गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८का वडा अध्यक्ष मनोज कुमार ढुंगाना,  वडा अध्यक्षहरु वडा सदस्य लगायत विभिन्न् बिध्यालयका प्रधानाध्यापक शिक्षक,सुरक्षाकर्मीराजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी एबम जिल्ला जन गणना समन्वय समितिका संयोजक काली प्रसाद पराजुलीले गरेका थिए भने कार्यक्रम संचालन सहायक जिल्ला जनगणना  अधिकारी पर्शुराम वि.कले गरेका थिए।

राष्ट्रियगान सहित शुरु भएको कार्यक्रममा जिल्ला जनगणना अधिकारी प्रभा बरालले स्वागत मन्तब्य र  कार्यक्रमको उदेश्य सहित जनगणना सम्बन्धि प्रस्तुतीकरण गरेकी थिइन उनले  जनगणना के हो, यो किन गरिन्छ भन्नेदेखि जनगणनाबाट प्राप्त हुने तथ्याङ्कको प्रयोग, जनगणनाको इतिहास, आगामी जनगणनाको विशेषतासम्मका बारेमा जानकारी दिन सचेतना गोष्ठी गरिएको  जानकारी गराइन “सहभागीलाई गनगणनाका प्रश्नावली, घर परिवार लगत सूचीकरण, जनगणना २०७८ को मुख्य दिन, जनगणनामा समेटिने विवरणका बारेमा पनि जानकारी गराइएको थियो  ।

पहिलो चरणमा सुपरिवेक्षकद्वारा प्रत्येक घर, परिवारमा अक्सर बसोबास गरेका परिवारका पुरुष, महिलाको सङ्ख्य, परिवारको कृषिसम्बन्धी विवरण, सरकारी अनुदानबाट घर निर्माण, बैंक खाता, प्राविधिक तथा व्यावसायिक शिक्षा, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणसम्बन्धी विवरण सङ्कलन गरिने जानकारी दिइएको थियो  ।दोस्रो चरणमा मुख्य प्रश्नावलीमार्फत घरपरिवार तथा व्यक्तिको जनसाङ्ख्यिक तथा अन्य विवरण सङ्कलन गरिने जानकारी गराइएको थियो ।

कार्यक्रममा सहभागीहरुले जनगणना समबन्धि जिज्ञासा राखेका थिए सहभागीहरुले राखेको जिज्ञासा केन्द्रय तथ्यांक बिभागका महानिर्देशक नेबीलाल श्रेष्ठलेमेटाएका थिए।कार्यक्रममा  गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे जिल्ला समन्वय समिति काठमाडौंकि उप प्रमुख सरिता दाहाल जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिव सुन्दरराज बैद्य लगायतले सुझाब सहित शुभकामना मन्तब्य राखेका थिए।आसन बाट बोल्दै प्रमुख जिल्ला अधिकारी एबम जिल्ला जन गणना समन्वय समितिका संयोजक काली प्रसाद पराजुलीले उपस्थित सबैलाई धन्यबाद दिदै  राष्ट्रिय जनगणना सफल बनाउन अनुरोध गरेका थिए।कपन अन्लाईन