आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

ओली गुटमा लागेकै कारण मन्त्री पद: कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने उषाकला राईको घोषणा

गोकर्णेश्वर खबर१४ चैत्र २०७७, शनिबार १८:३८ मा प्रकाशित (३ साल अघि) ७५८ पाठक संख्या

खोटाङ – प्रदेश नम्बर १ की सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताएकी छिन् ।

स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवद्र्धनमा लाग्नुभएकी मन्त्री राईले शुक्रबार शपथ तथा पदभार ग्रहण गरेलत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्दै साना उद्योगका रूपमा रहेको कोदोको रक्सी उत्पादनलाई कानूनीरूपमा वैधता दिने प्रबन्ध मिलाउनुपर्नेमा जोड दिइन् ।

उनले खोटाङको दिक्तेल बजारमा यसअघि स्थानीय उत्पादनको रक्सी प्रहरीले जफत गरेर नष्ट गरेको विषयलाई लिएर स्थानीय सरकारको कडा आलोचनासमेत गरेकी थिइन् । मन्त्री राईले पदभार ग्रहण गरे लगत्तै फेसबुकमा लेखेको स्टाटसमा नेपाली जनताको परिवर्तनका लागि सामाजिक मुक्ति आन्दोलनमा आफ्नो यात्रा अविचलित रहिरहने पनि बताएकी छिन् ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा जन्मनुभएकी मन्त्री राईले मन्त्रीको पदभार ग्रहण गरेपछि जन्मदिने आमाबुबा तथा खोटाङे जनतालाई धन्यवाद व्यक्त गरेकी छिन् ।
एमाले नेता एव्क पूर्वमन्त्री शेरबहादुर तामा र पत्नी राई नेकपाका दुई गुट रहँदा सुरुमा ओली पक्षिय भएका थिए भने दोस्रो पटक माधव प्रचण्ड गुटमा लागेका थिए । त्यसको २ सातापछि राई दम्पती ओली गुटमै फर्किएका थिए ।

ओली गुटमा लागेका लाई मन्त्री पद दिर्दै आइएको थियो ।राईलाई पनि ओली गुटमा लागे प्रदेश मन्त्री बनाउने आश्वासन प्रधानमन्त्री केपी शर्मा ओली दिएका थिए ।सोही अनुरुप हिजो ओली गुटमा लागेका लाई मन्त्री पद दिर्दै आएका छन् ।