आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

नेपाल पक्षले अविश्वासको प्रस्ताव फिर्ता लिने भएपछि मुख्यमन्त्री राईको पद जोगियो

गोकर्णेश्वर खबर११ चैत्र २०७७, बुधबार २०:४० मा प्रकाशित (३ साल अघि) ८०९ पाठक संख्या

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगिएको छ । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएको छ ।

एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए ।अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन आफ्नो पक्षका दुई जना सांसद बैठकमा सहभागी भएको नेपाल पक्षका नेता राजेन्द्र राईले जानकारी दिए । ‘अहिलेलाई अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय भएको छ,’ उनले भने, ‘त्यहीँ विषयमा जानकारी गराउन हाम्रा दुई जना साथीहरु जानु भएको छ ।’प्रदेश १ सभामा एमालेका ५१ सांसद छन्, जुन बहुमत हो ।