आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

युवा समाजसेवी, व्यवसायि गोकुल रोक्काले ओख्रेनी मा.वि. सुन्दरीजललाई सहयोग

गोकर्णेश्वर खबर११ चैत्र २०७७, बुधबार ०९:०४ मा प्रकाशित (३ साल अघि) ११७५ पाठक संख्या

काठमाडौं । युवा समाजसेवी, व्यवसायि गोकुल रोक्काले ओख्रेनी मा.वि. सुन्दरीजललाई सहयोग गरेका छन् ।

नेपाल तरुण दलका काठमाडौं संगठन विभाग सदस्य समेत रहेका रोक्काले विद्यालयलाई प्राथमिक उपचारका लागि आवश्यक औषधि तथा शौचालय सरसफाईका लागि आवश्यक सामग्री सहयोग गरेका हुन् ।

ओख्रेनी मा.वि.का व्यवस्थापन समितिका सल्लाहकार समेत रहेका रोक्काले सो सामग्री सोमबार विद्यालयका प्रधानाध्यापक श्रीराम सिंखडा र स्टाफ नर्स सरु पण्डितलाई हस्तान्तरण गरेका छन् । विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै भैपरिआउने स्वास्थ्य उपचारका लागि समेत सजिलो होस् उदेश्यले प्राथमिक उपचारका लागि आवश्यक औषधि तथा शौचालय सरसफाईका लागि आवश्यक सामग्री सहयोग गरेको रोक्काले बताए ।