FLASH NEWS
आज: ६ बैशाख २०७८, सोमबार | Mon, 19, Apr, 2021

प्रचण्ड भेट्न खुमलटार पुगिन् चिनियाँ राजदूत यान्छी

गोकर्णेश्वर खबर९ चैत्र २०७७, सोमबार २२:३२ मा प्रकाशित (३ हफ्ता अघि) ७८ पाठक संख्या

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। राजदूत यान्छी प्रचण्ड भेट्न सोमबार खुमलटार पुगेकी थिइन्।

प्रचण्ड र राजदूत यान्छीबीच समसामयिक विषयमा छलफल भएको स्रोतले जानकारी दियो। नेपालमा चर्किएको पछिल्लो राजनीति अवस्थापछि राजदूत यन्छीले पहिलो पटक अध्यक्ष प्रचण्डलाई भेटेकी हुन्।