आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

भेनस नेसनल कलेजको ‘हार्टेनिंङ मिट’ २०२१ भब्य रुपमा सम्पन्न

गोकर्णेश्वर खबर९ चैत्र २०७७, सोमबार १८:२५ मा प्रकाशित (३ साल अघि) ८११ पाठक संख्या

काठमाडौं, चैत्र ९। काठमाण्डौ उत्तर पूर्वी क्षेत्रको गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेसिगाउँमा  संचालित भेनस नेसनल कलेजले हार्टेनिंङ मिट २०२१ भब्य रुपमा सम्पन्न भएको छ। चैत्र ७ गते शनिबार पिस ब्यांकेट जोरपाटीमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा गणतान्त्रिक नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झा रहेका थिए।

 भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना,गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरि कृष्ण श्रेष्ठ नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष खड्क बहादुर बस्नेत, लगायत बिभिन्न बिध्यालयका संचालक प्रिन्सिपल शिक्षक तथा बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रमको अध्यक्षता  कलेजका अध्यक्ष पेमा छिरी शेर्पाले गरेका थिए भने कार्यक्रम  संचालन कलेजका डायरेक्टर मोहन अधिकारीले गरेका थिए।

राष्ट्रिय गान संगै शुरु भएको सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गणतान्त्रिक नेपालको पहिलो  उपराष्ट्रपति परमानन्द झाले पानसमा दिप प्रजवलन सहित गरेका थिए। एक मिनेट विश्व शान्तिको लागि मौन पार्थना समेत गरिएको कार्यक्रममा भेनस नेसनल कलेजमा कक्षा ११ मा अध्ययनरत बिद्यार्थी सलिना पाण्डेले स्वागत मन्तब्य राखेकी थिइन ।

त्यसै गरि कार्यक्रममा  भेनस स्कुलका प्रिस्निपल नेत्र प्रसाद दहालले कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका  थिए।कार्यक्रममा क्याम्पस प्रमुख कृष्ण गौतमले कलेजको बिशेषताको बारेमा जानकारी गराउदै गुणस्तरीय शिक्षा प्रदान गरि  अब्बल जन शक्ति उत्पादन गर्न  भेनस नेसनल कलेज प्रतिबद्द रहेको जानकारी गराएका थिए। उनले कलेज आजको स्थान सम्म आइपुग्नुमा कलेज व्यवस्थापक संगै शैक्षिक क्षेत्रमा लागेका सबै बिध्यालय शिक्षक बिद्यार्थीहरुको समेत उलेख्य भूमिका रहेको जानकारी गराउदै नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत गरेका थिए ।

भेनस नेसनल कलेजले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई अहिलेको प्रतिस्पर्धात्मक युगमा विश्वका जुनसुकै ठाउँमा पनि आफुलाई स्थापित गराउन  विद्यार्थीको चौतर्फी विकासलाइ ध्यानमा राखी अतिरिक्त क्रियाकलापलाइ पनि प्राथमिकतामा राखेको बताए । भेनसले असल संस्कार सहितको शिपमुलक व्यावहारिक शिक्षालाइ आत्मसाथ गरि सोहि अनुरुप अघि बढिरहेको जानकारी गराउदै सर्व सुलभ र गुणस्तरीय शिक्षाका लागि (एम टु एम) अर्थात् मन्टेश्वरी देखि मास्टरसम्म शिक्षा दिने नीति क्याम्पसले  लिए अनुसार अघि बढिरहेको जानकारी गराउदै  पढाइको साथ साथै अतिरिक्त क्रियाकलापलाइ पनि उत्तिकै प्राथमिकतामा  राखेको  जानकारी गराए ।

“न्यून शुल्कमा गुणस्तरीय शिक्षा” प्रदान गर्ने उदेश्य सहित संचालित कलेजले बिद्यार्थीको सर्वांगीण विकास गरी असल, योग्य, सक्षम, जनशक्ति उत्पादनलाइ  जोड दिदै आएको   जानकारी गराए। उनले नया भर्ना भएका बिद्यार्थीहरुलाई  शिक्षकले दिने हरेक निर्देशन आफ्नै भलोका लागि भनेर सोच्न समेत बिद्यार्थीहरुलाई सुझाउदै   कक्षा १२ पास गरि बिदाइ भएका बिद्यार्थीहरुको उज्ज्वल भबिष्यको कामना गरेका थिए । कार्यक्रममा लामो समय देखि समाजलाई बिभिन्न क्षेत्रबाट योगदान दिने विशिष्ट ब्यक्तिहरुलाई सम्मान  गरिएको थियो ।जसमा  लामो समय देखि संचार तथा शिक्षा क्षेत्रमा योगदान पुर्याएका संचारकर्मी राजेन्द्र बानियालाई भेनस शिक्षा सेवा सम्मान २०७७ बाट सम्मान गरिएको थियो ।त्यसै गरि चर्चित गायक राजु लामालाई भेनस संगीत सेवा सम्मान २०७७  त्यसै गरि भेनस खेलकुद सेवा सम्मान २०७७ बाट अल्ट्रा धाविका मिरा राइलाइ सम्मान गरिएको थियो भने  भेनस समाज सेवा सम्मान २०७७ बाट सामाजिक अभियन्ता केपी खनाललाइ सम्मान गरिएको थियो ।

त्यसैगरि कार्यक्रममा भेनस नेसनल कलेजको ब्राण्ड एम्बेसडरको रुपमा थानेश्वर गौतमलाइ  घोषणा गरिएको थियो  ।कार्यक्रममा प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरि कृष्ण श्रेष्ठ, नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष खडक  बहादुर बस्नेत नगरपालिका प्रमुख सन्तोष चालिसे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रममा भेनस नेसनल कलेजमा  नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा पास आउट बिद्यार्थीहरुको बिदाइ समेत गरिएको थियो भने कार्यक्रममा चर्चित गायक राजु लामा, रचना रिमाल लगायतले गायन मार्फत मनोरंजन प्रदान गरेका थिए । भने कार्यक्रममा मिस्टर र मिस भेनस  समेत घोषणा गरिएको थियो ।

कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै गणतान्त्रिक नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झाले आयोजकलाइ धन्यबाद दिदै  नेपालको शिक्षा क्षेत्रमा भेनसले  पुर्‍याएको योगदानको प्रशंसा गर्दै थप योगदान  दिन अनुरोध समेत गरेका थिए। उनले जीवन उपयोगी शिक्षा आजको आवश्यकता रहेको समेत  बताएका थिए । लगनशीलता र धैर्यताले विद्यार्थीलाई सफल बनाउने भन्दै निरन्तर पढाइमा लागिरहन आग्रह गर्दै  जुन बिषय पढे पनि त्यसमा दक्षता हासिल गर्ने गरि पढ्न अनुरोध गरेका थिए ।अध्यक्षताको आसन बाट बोल्दै भेनस नेसल कलेजका अध्यक्ष पेमा छिरी शेर्पाले उपस्थित सबैलाई धन्यबाद दिदै भेनसले  विद्यार्थीको वृद्धि विकासमा कुनै कसर बाँकी नराखी  हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिएको बताएका  थिए ।

उनले कोरोना कहरका बीच पनि दिन रात बिभिन्न माध्यम बाट शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक बिद्यार्थीहरुको प्रसंशा गर्दै विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्न कलेजले  कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता सहित उपस्थित सबैलाई धन्यबाद ब्यक्त गरेका थिए  । हरेक बर्ष हुने यस्तो कार्यक्रमले विद्यार्थी र शिक्षक विचमा समुधुर सम्बन्ध स्थापना हुनुको साथै नयाँ आउने विद्यार्थी र अन्य विद्यार्थी विच पनि राम्रो सम्वन्ध कायम हुने हुदा कलेजले यस्ता कार्यक्रमलाइ निरन्तरता दिदै आएको समेत बताउदै उपस्थित सबैलाई धन्यबाद दिएका थिए  । कार्यक्रमको दोस्रो सत्रमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम मार्फत मनोरंजन प्रदान गरेका थिए।