आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

विवेकशील पार्टीका प्रदेश सभाका प्रत्यासी र एमालेका जिल्ला सदस्य नेपाली कांग्रेस पार्टिमा प्रवेश

गोकर्णेश्वर खबर५ चैत्र २०७७, बिहीबार १८:३६ मा प्रकाशित (३ साल अघि) १३६७ पाठक संख्या

५ चैत, काठमाडौं । नेकपा (एमाले) का जोरपाटि गाउँकमिटीका पूर्व उपाध्यक्ष तथा काठमाडौं जिल्ला सदस्य अर्जुन पुडासैनी र काठमाडौं क्षेत्र नं. ३ (क)बाट विवेकशील पार्टीका प्रदेशसभा उम्मेदवार रमेश कुमार पुडासैनी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

आज बिहिवार काठमाडौं बौद्धमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गरिवी निवारण तथा सहकारी मन्त्री अम्बिका बस्नेतले अबिर, खादा लगाएर पार्टि प्रवेश गराउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी अम्बिका बस्नेतले नवप्रवेशीहरुलाई स्वागत गर्नुहुँदै नेपाली जनताहरु लोकतन्त्रप्रेमी जनता भएकोले लोकतान्त्रिक दलप्रति उनीहरुको आकर्षण हुने गरे पनि कम्युनिष्टहरुले विभिन्न राजनीतिक भ्रममा पारेर जनमत लिएर पछि धोका दिने गरेको बताउनु भयो । उहाँले नेपाली कांगेस लोकतन्त्रप्रती प्रतिबद्ध जिम्बेवार पार्टी भएकोले अहिले पनि सरकारलाई अवरोध हुने कुनै काम नगरे पनि आन्तरिक व्यवस्थापन गर्न नसक्दा नेकपाले स्थिरता र समृद्धिको नारा दिएर प्राप्त जनमतको अपमान गरेको बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस पार्टिमा नवप्रवेशी नेकपा (एमाले) का जोरपाटि गाउँकमिटीका पूर्व उपाध्यक्ष तथा काठमाडौं जिल्ला सदस्य अर्जुन पुडासैनीले लोकतान्त्रिक पार्टिमा जोडिन पाएकोमा खुसी व्यक्त गर्नु हुँदै जीवनभर नेपाली कांग्रेसलाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

त्यसैगरी अर्का नवप्रवेशी काठमाडौं क्षेत्र नं. ३ (क)बाट विवेकशील पार्टीका प्रदेशसभा उम्मेदवार रमेश कुमार पुडासैनीले विवेकशील पार्टीमा लोकतान्त्रिक सोच अनुसारको व्यवहारको अभाव भएको महशुष गरी केही समययता निश्क्रिय भएकोमा अब देश र जनताको हीतमा काम गर्ने अठोट बोकेर लोकतान्त्रिक पार्टिमा आबद्ध भएर सहकार्य गर्न चाहेको बताउनु भयो ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीको अध्यक्षतामा भएको पार्टि प्रवेश कार्यक्रममा स्वागत मन्तव्य गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रमेश अर्याल, धन्यवाद ज्ञापन काठमाडौं महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्र लामाले दिनु हुँदै नवप्रवेशीहरुलाई स्वागत गर्नु भएको थियो।

कार्यक्रम सञ्चालन गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय महिला विभाग सदस्य इन्दिरा कोइराला, नेपाल महिला संघका केन्द्रीय सदस्य लता घिमिरे, नेपाली कांग्रेस बौद्ध इकाई कोषाध्यक्ष दिवाकर पुडासैनी, कामपा ६ का वडा सदस्य जयराम पुडासैनी, मानव अधिकारकर्मी उत्तम पुडासैनी, युवा अधिकारकर्मी ईश्वर पुडासैनी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।