आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि

गोकर्णेश्वर खबर२८ फाल्गुन २०७७, शुक्रबार २०:२१ मा प्रकाशित (३ साल अघि) ५९२ पाठक संख्या

काठमाडौं – नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सरकारी निवास बालुवाटारमा आफू निकट नेताहरुको बैठक राखेर महाधिवेशनको मिति तोक्ने निर्णय गरेका हुन् ।

उक्त बैठकले माधवकुमार नेपाल पक्षका केही नेताहरुको जिम्मेवारी खोसेको छ भने पार्टीको महासचिवबाहेक अरु पदाधिकारी हटाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।