आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

जसपाको तीनबुँदे शर्तप्रति प्रधानमन्त्री ‘सकारात्मक,रेशम चौधरी छुटाउने तयारी

गोकर्णेश्वर खबर२७ फाल्गुन २०७७, बिहीबार २०:४२ मा प्रकाशित (३ साल अघि) ५४० पाठक संख्या

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार एमाले शीर्ष नेताहरुलाई राखेर जसपाका नेताहरुसँग छलफल गरेका थिए । पदाधिकारीको बैठक सकेर जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राईलगायतका नेता एमालेसँगको छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

भेटमा सहभागी जसपाका नेता लक्षणलाल कर्णले भने, ‘हामीले कैदीबन्दी साथीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधन हाम्रो बटमलाइन हो भनेका छौं । प्रधानमन्त्रीजीले म सकारात्मक छु भन्नु भएको छ ।’

उनका अनुसार अबको वार्ता कार्यदल स्तरमा हुनेछ । एमालेले जसपासँग वार्ता गर्न सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई रहेको कार्यदल बनाएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई खटाएका थिए । अब त्यसमा अरु नेताहरुलाई राखेर कार्यदल बनाउने तयारी छ ।