आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

अभिनेता जोन अब्राहमको फिल्ममा प्रहरी अवरोध

गोकर्णेश्वर खबर२२ फाल्गुन २०७७, शनिबार २२:२७ मा प्रकाशित (३ साल अघि) २८७ पाठक संख्या

मुम्बई– अभिनेता जोन अब्राहम र अभिनेत्री दिशा पाटनी हालका दिनमा मुम्बईमा फिल्म ‘एक भिलेन रिटर्नस’को सुटिङ गरिहेका छन् । तर फिल्मको समूहलाई कोभिड–१९ को नियम तोडेको आरोप लागेको छ ।

दैनिक भास्करमा प्रकाशित समाचार अनुसार गत शुक्रबार राती मुम्बई प्रहरीले फिल्मको सुटिङ सेटमा पुगेर सुटिङ रोकेको थियो ।

फिल्म मुम्बईको वर्ली गाउँमा भइरहेको थियो । फिल्मको केही दृश्य छायांकन सकिनासाथ प्रहरी पुगेको थियो ।

प्रहरीले सुटिङस्थलमा फिल्म युनिटले भौतिक दुरी कायम नगरेको दाबी गरेको छ । यहीकारण आफूहरुले सुटिङमा रोक लगाएको प्रहरीले जनाएको छ ।

जोन र दिशा यसै फिल्ममार्फत पहिलोपटक फिल्मी सहकार्य गर्दैछन् । मोहित सुरीको निर्देशनमा बनिरहेको फिल्ममा अर्जुन कपूर र तारा सुतारिया पनि प्रमुख भूमिकामा छन् ।

यो फिल्म आगामी वर्ष रिलिज हुँदैछ । यो फिल्म सन् २०१४ मा रिलिज भएको ‘एक भिलेन’ फिल्मको सिक्वेल हो । सिक्वेल अघिको फिल्ममा सिद्धार्थ मल्होत्रा, श्रद्धा कपूर र रितेश देशमुखको अभिनय थियो ।

सन् २०१४ मा यो फिल्मले बक्सअफिसमा सय करोड बढीको कारोबार गरेको थियो ।