आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

तेश्रो चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता उद्घाटन

गोकर्णेश्वर खबर१९ फाल्गुन २०७७, बुधबार २३:४० मा प्रकाशित (३ साल अघि) ८८७ पाठक संख्या

फागुन १९, काठमाडौं (रबिराज रिमाल) । तेश्रो चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको आज उद्घाटन गरिएको छ । गत १५ गतेबाट खेल शुरु भए पनि बुधबार गोकर्णेश्वर नगरपालिकाका उप मेयर शान्ति नेपालबाट प्रतियोगिताको उद्घाटन गरिएको छ ।

आज गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा रहेको नेपालय इङ्ग्लिश पब्लिक स्कुलमा  आयोजना गरिएको प्रतियोगिताको उद्द्धाटन समारोहमा प्रमुख अतिथी तथा उपमेयर शान्ति नेपाल, विशेष अतिथी एवम् नेपाली कांग्रेस सुचना तथा प्रचार प्रसार विभागका केन्द्रीय सदस्य विमल ठकुरी, अतिथी गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, समाजसेवी दिपक सिंह भण्डारी, छहारी क्लबका अध्यक्ष कुमार श्रेष्ठ लगायतले स्वर्गीय चक्रबहादुर ठकुरीको सामाजिक, राजनीतिक व्यक्तित्वका बारेमा चर्चा गुर्न हुँदै गोकर्णेश्वर क्षेत्रको विकासमा स्वर्गीय ठकुरीको योगदान बारे चर्चा गर्नु भयो ।

प्रमुख अतिथी तथा उपमेयर शान्ति नेपालले नेपाली कांग्रेसका होनहार व्यक्तित्व, सामाजिक विकासमा समर्पित नेता स्वर्गीय चक्रबहादुर ठकुरी नेता मात्र नभएर सामाजिक विकासको अभियन्ता रहेकोमा जोड दिनु भयो । उहाँले स्वर्गीय चक्रबहादुर ठकुरीबाट युवा खेलाडीहरुले धेरै कुराहरु सिक्न सक्ने बताउनु भयो । युवाहरुलाई देश विदेशका विभिन्न खेलका खेल्न योग्य खेलाडी उत्पादन गर्ने उदेश्यका साथ नगरपालिकाले खेलकुदका कार्यक्रमहरुलाई जोड दिएको उपमेयर नेपालले बताउनु भयो ।

स्वर्गीय ठकुरीका सुपुत्र एवम् नेपाली कांग्रेसका युवा नेता विमल ठकुरीले स्वर्गीय चक्रबादुर ठकुरीबाट प्रेरणालिनेहरु समाजमा धेरै रहेकोमा जोड दिनु हुँदै सामाजिक विकास, स्वस्थ राजनीति र अनुशासित जीवनका लागि उहाँबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताउनु भयो ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले स्वर्गीय चक्र बहादुर ठकुरी युवाहरुको लागि प्रेरणाको स्रोत भएको बताउनु भयो । उहाँले अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता आयोजना गरेर उहाँप्रति सच्चा सम्मान र श्रद्धाञ्जली दिने कार्य प्रशंसायोग्य रहेको बताउनु भयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ६ का अध्यक्ष रमेश अर्याल, गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ, नेपाली कांग्रेसका युवा नेता लाल बहादुर लामा, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ क्षेत्रीय समितिका कोषाध्यक्ष किरण के.सी., नेपाली कांग्रेस गोकर्णेश्वर नगरकमिटिका कोषाध्यक्ष कुमार लामा, गोकर्णेश्वर नगरपालिका खेलकुद समितिका अध्यक्ष सञ्जय लामा, खेलकुद विज्ञ दिपक लामा, नेपाल तरुण दल गोनपा ८ का अध्यक्ष हेरेन्द्र लामा, गोनपाका फुटबल संयोजक विकास राई, टेबुलटेनिस संयोजक हरि श्रेष्ठ, छहारी क्लबका संस्थापक अध्यक्ष लक्ष्मण श्रेष्ठ, समाजसेवी दिपक सिंह भण्डारी, समाजसेवी भोला श्रेष्ठ, गोनपा वडा नं. ८ का वडा सचिव सुदिप हमाल, बेशीगाँउ युवा समुहका अध्यक्ष कृष्ण नेपाल, बेशीगाँउ महिला समुहका अध्यक्ष अनिता श्रेष्ठ, डा सञ्जय आचार्य, उन्नती महिला सुमहका अध्यक्ष ज्योती खरेल, सिद्धिदात्रि महिला सहकार िसंस्थाका अध्यक्ष तारा देवि फुयाल, उद्यमशील महिला समुहका अध्यक्ष प्रमि शेर्पा, समाजसेवी सुफल श्रेष्ठ, मनास्लु वल्र्ड कलेजका प्रिन्सिपल राजन श्रेष्ठ, रिम्स स्कुलका प्रिन्सिपल बालमुकुन्द कार्की, समाजसेवी याङ्जी योन्जन लामा, मामाघर होम स्टेका प्रोपाईटर कृष्ण श्रेष्ठ, नेपालय पब्लिक स्कुलका प्रिन्सिपल सुनिता श्रेष्ठ, छहारी युवा क्लबका सचिव तथा नेपालय पब्लिक स्कूलका म्यानेजिङ डाईरेक्टर बुद्ध श्रेष्ठ, रेफि प्रदिप लामा, जोरपाटि युवा क्लबका अध्यक्ष साम्देन लामा लगायतका व्यक्तित्व, पत्रकार, खेलाडीहरुको सहभागिता रहेको थियो ।