आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

माल्दिभ्स्मा खुलेकी प्रियंका(तस्वीरमा हेर्नुस्)

गोकर्णेश्वर खबर१८ फाल्गुन २०७७, मंगलवार २२:४४ मा प्रकाशित (३ साल अघि) ४२७ पाठक संख्या

काठमाडौं –अभिनेत्री प्रियंका कार्कीले आफ्नो जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ एकै साथ मनाएकी छन् । प्रियंका आफ्नो जन्म दिन मनाउनका लागि श्रीमान तथा अभिनेता आयुष्मान देशराज जोशीसहित माल्दिभ्स पुगेका छन् ।

एक वर्ष अघि फागुन १६ का दिन बिवाह बन्धनमा बाँधिएका प्रियंका र आयुष्मानले यो साल माल्दिभ्स् पुगेका हुन् ।

उनीहरु एक अर्कासँग प्रेम साट्दै जन्मदिन मनाएको तस्वीर सार्वजनिक भएपछि थाहा भएको हो । गतबर्षको फागुण १६ गते बैबाहिक जीवनमा बाँधिएका प्रियंका र आयुष्मानले हनिमुन मनाउने मौका पाएका थिएनन् ।

प्रियंकाले आफ्नो इन्स्टाग्राममा मालदिभ्समा पतिसँगको रोमान्टिक तस्वीर राखेकी छन् । जसमा उनी निकै खुलेकी छिन् । एक तस्वीरमा उनले पतिसँग चुम्बन गरेकी छन् ।

अर्को तस्वीरमा प्रियंकालाई विकिनी अवतारमा देख्न सकिन्छ । लामो समयको प्रेमपछि यो जोडी गत वर्ष श्रीमान श्रीमति बनेका थिए ।