आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

चीनले नेपाललाई आठ लाख डोज खोप दिने

गोकर्णेश्वर खबर१७ फाल्गुन २०७७, सोमबार २१:४४ मा प्रकाशित (३ साल अघि) ४३१ पाठक संख्या

काठमाडौं – चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ एक ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको बताएकी छन् ।

सुरुमा ३ लाख डोज दिने घोषणा गरेको चीनले पछि बढाएर ५ लाख पुर्‍याएको थियो । त्यसपछि पनि चीनले थप ३ लाख डोज खोप थप गरेको घोषणा गरेको छ ।

चीनको खोपले नेपालमा आपतकालीन प्रयोगका लागि अनुमित प्राप्त गरिसकेको छ ।