आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

दक्षिण एसियामा दोस्रो शान्त मुलुक नेपाल

गोकर्णेश्वर खबर१६ फाल्गुन २०७७, आईतवार २२:५५ मा प्रकाशित (३ साल अघि) २०५ पाठक संख्या

काठमाडौं– दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाल दोस्रो शान्त मुलुक भएको एक अध्ययनले देखाएको छ ।
ग्लोवल पिस इन्डेक्सले गरेको अध्ययनमा नेपाल दक्षिण एसियाकै दोस्रो शान्त मुलुक भएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनमा दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाललाई दोस्रो शान्त मुलुक भनिएको छ ।
दक्षिण एसियाको पहिलो शान्त मुलुक भुटान हो भने सबैभन्दा धेरै अशान्त मुलुक अफगानिस्तान भएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै विश्वव्यापी श्रेणीमा भुटान १९ औं स्थानमा रहेको छ भने नेपाल ७३ औं स्थानमा छ ।