आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

गोकर्णेश्वर तारेभीर निवासी गायक गोपाल सोनामको ‘तिमी मै हराए’ म्युजिक भिडियो सार्वजनिक (हेर्नुहोस भिडियो)

गोकर्णेश्वर खबर१२ फाल्गुन २०७७, बुधबार १०:१५ मा प्रकाशित (३ साल अघि) ५५४ पाठक संख्या

१२ फागुन, काठमाडौं । ‘जिन्दगीको यो मोडमा मैले तिमिलाई भेटें, कल्पनाको सारा खुसी तिमिमा नै देखें’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । युवा गायक गोपाल सोनामको ‘तिमी मै हराए’ शीर्षकमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

काठमाडौं तारेभीर निवासी युवा गायक सोनामलाई चर्चित गायीका दिपा लामाले साथ दिएकी छिन् । सोनामका यसअघि पनि विभिन्न गीतहरु सार्वजनिक भईसकेका छन् । ‘तिमी मै हराए’ शीर्षकमा नयाँ गीतमा प्रेमि प्रेमिकाको रमाईलो भावनालाई व्यक्त गरिएको छ ।

संगीत र एरेन्ज दाउथ राईको रहेको गीत अम्बिका गुरुङले लेखेकी हुन् । देवजङ्ग थापाले निर्देशन गरेको भिडियोमा सोनाम र रितु लामाको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो