आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

कांग्रेसले सर्वोच्चको फैसलाको स्वागत गर्छ : देउवा

गोकर्णेश्वर खबर११ फाल्गुन २०७७, मंगलवार १९:४३ मा प्रकाशित (३ साल अघि) ४१३ पाठक संख्या

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन्।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्ने निर्णय गरेसँग मंगलबार साँझ प्रतिक्रिया दिँदै सभापति देउवाले कांग्रेस सर्वोच्चको फैसलाको स्वागत गर्ने बताएका हुन्।

आफूले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको र अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको उनको दावी छ।

‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ।मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो।सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ’, देउवाले ट्विटरमा लेखेका छन्