आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

राजनीतिक बजारमा हल्ला, संकटकाल लाग्दै छ !

गोकर्णेश्वर खबर११ फाल्गुन २०७७, मंगलवार १०:२९ मा प्रकाशित (३ साल अघि) ७१० पाठक संख्या

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार बिहान राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाके पछि विभिन्न अडेकलहरु काटिन थालेको छ ।
परिषद् प्रमुख तथा प्रधानमन्त्रीले नै बैठकको अध्यक्षता गर्ने परिषद्को बैठक विशेष अवस्थामा बस्ने गर्छ । अहिले त्यस्तो के गम्भीर परिस्थिति आइलाग्यो जसले गर्दा यो बैठक बस्न लागेको छ भन्ने गम्भीर चासो पैदा भएको छ ।
देशको सुरक्षा अवस्थाबारे छलफल गर्न आवश्यकताअनुसार यो बैठक बस्ने गरे पनि अहिले भने विभिन्न अड्कल गर्न थालिएको छ । संसद पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र केही दिनमै फैसला आउने बताइरहेका बेलामा यसरी बस्दै गरेको बैठकबाट कतै प्रधानमन्त्री ओली देशमा संकटकाल लगाउन त लाग्दै छैनन् भन्ने विश्लेषणसमेत हुन थालेको छ ।
विभिन्न राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका बेला सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्ने गरेको अभ्यास छ । एकातिर प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना भए आन्दोलन गर्ने चेतावनी शनिबार विराटनगरमा आयोजित कार्यक्रममा दिनु र अर्कातिर सुरक्षा परिषद्को बैठक बोलाउँदा विभिन्न अड्कल गरिनु स्वभाविकै हो ।
ओलीले संसद पुनःस्थापना भए के गर्ने भन्ने विषयमा दलका नेता तथा कुटनीतिक वृत्तसँगसमेत छलफल गरिरहेको बुझिएको छ । उनले सुरक्षा निकायका प्रमुखसँग पनि परामर्श लिएको स्रोतको दाबी छ ।
अझ नेपालमा विरलै देखिने दृष्य सोमबार नेपाली राजनीतिक वृत्तमा देखिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच भेटघाट भएको थियो ।
अहिले प्रधानमन्त्रीले जसरी पनि चुनाव हुन्छ भनेर रटान गर्ने तर कामचलाउ सरकारले जथाभावी नियुक्तिसँगै संवैधानिक निकायमा नियुक्ति गर्ने, राजनीतिक आरोप प्रत्यारोप गर्ने, निर्वाचन आयोगलाई सूर्य चुनाव चिन्हलाई आफूलाई दिनुपर्ने लगायतका धम्की दिने, निषेधको राजनीति गर्ने, पदीय मर्यादा नाघेर भाषण गर्ने लगायतका गतिविधि गरिरहँदा कतै देशमा संकटकाल लगाउने त हैनन् भन्ने चासो पनि बढेको छ ।