आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

पूर्वराजा ज्ञानेन्द्र पनि भारत जादैं ?कारण के ?

गोकर्णेश्वर खबर१० फाल्गुन २०७७, सोमबार २२:११ मा प्रकाशित (३ साल अघि) ४१५ पाठक संख्या

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने मिति तय भएको छ । उनी परिवार र आफन्तका साथ भारत जाने तय भएको हो ।

पूर्वराजा शाह २० फागुनमा भारत जाने बताईएको छ ।उनी झापाको काकडभिट्टा हुँदै उक्त दिन सिलगुढी प्रवेश गर्नेछन् । त्यहाँबाट दार्जिलिङ पुग्नेछन् ।

पूर्वराजाको साथमा पूर्वरानी कोमल पनि हुनेछिन् । पूर्वराजाकी छोरी प्रेरणा पनि साथमा हुनेछिन् । पूर्वराजा ज्ञानेन्द्रका भाई धीरेन्द्रका छोरीहरु पुजा, दिलासा र शिताष्मा पनि साथमा हुनेछन् । उनकी बहिनी शोभा शाही पनि भ्रमण दलमा छिन् । यसबाहेक पूर्वराजाका आफन्तहरु पनि दार्जिलिङमा साथै पुग्नेछन् ।

स्थलमार्गबाट भारत प्रवेश गर्ने उनी सिलगुढी हुँदै दार्जिलिङ, खर्साङ कालिम्पोङलगायतका क्षेत्रमा केही दिन रहनेछन् । त्यहाँ उनले महत्वपूर्ण भेटघाट पनि गर्ने बुझिएको छ ।

पूर्वराजा शाह पूर्वरानी कोमल कोमलको जन्मदिन मनाउन झापा पुगेका थिए । उनी १६ फागुनमा स्वर्गीय राजा महेन्द्र शाहको श्राद्ध परेकाले केही दिन काठमाडौं बस्नेछन् ।

यसैगरी, सरकारले सुरक्षाकर्मी कटौती गरेपछि पूर्वराजा गम्भीर बनेको बुझिएको छ । उनले सुरक्षाको विकल्पबारे समेतमा निकटस्थहरुसँग छलफल गरेको विश्वस्त स्रोतले बताएको छ ।