आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

मंगलबार र बुधबार वर्षाको सम्भावना, के होला आज ?

गोकर्णेश्वर खबर१० फाल्गुन २०७७, सोमबार ०८:०० मा प्रकाशित (३ साल अघि) ४९८ पाठक संख्या

काठमाडौँ-  जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार देशका केही स्थानमा वर्षाको पूर्वानुमान गरेको छ ।
हाल देशका केही पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा  रहेको महाशाखाले जनाएको छ । आज दिनभर र राति मौसममा उल्लेख्य बदलाव हुने छैन ।
महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा मंगलबार र बुधबार भने पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
फाल्गुन १० गते (सोमवार)
दिउँसो : प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
राति :  प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
फाल्गुन ११ गते (मंगलवार)
दिउँसो : देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका  पहाडी भू-भागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति :  देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका  पहाडी भू-भागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
फाल्गुन १२ गते (बुधबार)
दिउँसो : देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका  पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ
राति :  प्रदेश १ का साथै देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।