आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गुल्मीमा जीप दुर्घटना: ३ जनाको मृत्यु, ६ घाइते

गोकर्णेश्वर खबर५ फाल्गुन २०७७, बुधबार २१:३८ मा प्रकाशित (३ साल अघि) १०५९ पाठक संख्या

गुल्मी – गुल्मीमा जीप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ, ६ जना घाइते भएका छन् ।
बुधवार साँझ जिल्लाको सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडानम्बर–१४ ठूलो पधेरामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा २७ वर्षकी गोमा नेपाली, २८ वर्षकी शान्ती नेपाली र ४८ वर्षका एकराज पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । दुर्घटनामा पोखरेलको घटनास्थलमै र २ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीपमा सवार ६ जनामध्ये ५ जनाको गुल्मी अस्पतालमा र १ जनाको थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । ११ जना सवार रहेको जीपमा २ जना हाम फालेर जोगिएका थिए । उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको डीएसपी पाण्डेले बताए ।