आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

प्रचण्ड र ओली राजाभन्दा पनि ठूला राजा हुन थाले: देउवा

गोकर्णेश्वर खबर३ फाल्गुन २०७७, सोमबार २०:३३ मा प्रकाशित (३ साल अघि) ३९९ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजाभन्दा पनि ठूला राजा हुन थालेको बताएका छन्।

ओली र प्रचण्ड अहिले नेकपाभित्र भिन्नभिन्न समूहमा छन्।

भैरहवामा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले कुर्सीका लागि अहिले ओली र प्रचण्डबीच झगडा भइरहेको बताए।

‘प्रचण्डले प्रजातन्त्र मान्छु भने। गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई भारतबाट ल्याएर नेपालमा ल ठीक छ भनेर संविधान सभाको चुनाव गराइयो। तर यिनीहरू प्रचण्ड र ओली राजाभन्दा पनि ठूला राजा हुन थाले। उनीहरू कुर्सीका लागि झगडा भयो। यो झगडामा हाम्रो कुनै हात छैन,’ उनले भने।

कांग्रेसकै नेताहरू कोही ओली र कोही प्रचण्ड ठिक भनिरहेको देउवाको भनाइ थियो।

‘तिनको झगडाले हाम्रो पार्टीमै समस्या आइसकेको छ,’ देउवाले भने, ‘हामी कतैतिर लाग्ने काम छैन।’