आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

प्रचण्ड–माधव समूहद्वारा फागुन ६ गते मानव साङ्गो बनाएर टुँडिखेल घेर्ने

गोकर्णेश्वर खबर२ फाल्गुन २०७७, आईतवार २०:३५ मा प्रकाशित (३ साल अघि) ४५४ पाठक संख्या

काठमाडौं – संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड माधव समूहले चौथो चरणको कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ५ देखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संघर्ष समितिका अनुसार फागुन ५ देखि १२ गतेसम्म जिल्ला कमिटीहरुले सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्नेछन् । फागुन ६ गते एक घण्टा प्रगिममन, महंगी र भ्रष्टाचारको विरोधमा मानव साङ्गो बनाएर टुँडिखेल घेर्ने संघर्ष समितिले बताएको छ ।

७ गते सबै वडामा विरोध कार्यक्रम गर्नेछ भने १५ गतेसम्म सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गरिने सहसंयोजक योगेश भट्टराईले जानकारी दिए । यस्तै फागुन ८ गते काठमाडौंमा बृहत अन्तर्क्रिया र ९ गते प्रतिगमन, महिला हिंसाको विरोधमा देशभर महिलाहरुको बृहत प्रदर्शन हुने उनले बताए ।

१० गते दलित मोर्चा र ११ गते उत्पीडित समुदायको अगुवाईमा प्रदर्शन हुनेछ भने १४ गते युवा र १५ गते किसान र सुकुम्बासीहरुको अगुवाइमा ¥याली प्रदर्शन गरिने संघर्ष समितिले जनाएको छ ।

यस्तै चितवन, दाङ, जनकपुर र नेपालगञ्जमा सभा गर्ने निर्णय भएको छ । तर चितवनमा १२ र दाङमा २१ गते सभा हुनेछ भने जनकपुर र नेपालगञ्जको मिति तोक्न बाँकी छ ।