आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

रामकुमारी झाँक्रीको दमदार इट्री: मुखमा कालो टेप र हातमा कालोपट्टी बाधेर मञ्च उक्लिएपछि..

गोकर्णेश्वर खबर२८ माघ २०७७, बुधबार २१:१२ मा प्रकाशित (३ साल अघि) ५०९ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा प्रचण्ड–नेपाल पक्षले राजधानीमा आमसभा गर्यो ।
सभामा वक्ताहरूले बोल्ने क्रममा केन्द्रीय सदस्य रामकुमारी झाँक्री भने फरक अवस्थामा ड्यासमा पुगिन्।

कार्यक्रम सञ्चालक लीलामणि पोखरेलले बोल्न नाम डाकेपछि झाँक्रीले प्रतिगमन मुर्दावाद लेखिएको कपडा शरीरबाट निकालेर फालेकी थिइन्।

त्यसपछि माइकमा पुगेकी झाँक्रीले मास्क फुकालिन्। मास्क फुकाल्दा उनको मुख कालो टेप टाँसिएको थियो।

उनले टेप निकालेर भनिन् बोल्न पाइन्छ। हामी बोल्न जन्मिएका हौं।

झाँक्रीको हातमा कालोपट्टी पनि बाँधिएको थियो।

मञ्चबाट झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध विवादमा परेको उनको केही दिनअघिको अभिव्यक्तिबारे स्पष्टीकरण दिएकी थिइन्।

संस्थाको कुनै लिंग हुँदैन। त्यो सार्वजनिक हुन्छ,’ झाँक्रीले भनिन्,‘प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ।’

केही दिनअघि झाँक्रीले प्रतिनिधि सभा विघटनमा राष्ट्रपति भण्डारीले भूमिकाको आलोचना गर्दै उनलाई कोटेश्वर नभए बालकोट जान भनेकी थिइन्।