आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

ओलीको कदमविरुद्ध प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन (फोटो फिचर)

गोकर्णेश्वर खबर२८ माघ २०७७, बुधबार २०:५३ मा प्रकाशित (३ साल अघि) ६४१ पाठक संख्या

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी, नेकपा (प्रचण्ड-माधव समूह)ले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन र असंवैधानिक तवरबाट संवैधानिक निकायका नियुक्तिको विरोध गर्दै यो समुहले विरोध प्रदर्शन गरेको हो ।

विरोध सभा हुनुपूर्व माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस निस्किएका थिए । ती जुलुसहरु सुन्धारामा पुगेर मूल जुलुसमा मिसिएका थिए ।

अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायतले नेतृत्व गरेको मूल जुलुस विभिन्न स्थान परिक्रमा गर्दै भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका १४ नेताहरुले सम्बोधन गरेका थिए ।