आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

म्यानमारमा सैन्य कूविरूद्ध विशाल प्रदर्शन

गोकर्णेश्वर खबर२५ माघ २०७७, आईतवार २२:१७ मा प्रकाशित (३ साल अघि) ७०२ पाठक संख्या

काठमाडौं – अघिल्लो साता नागरिक सरकारलाई अपदस्त गरी कूमार्फत् सेनाले शासन हत्याएको म्यानमार आइतबार विशाल प्रदर्शनहरू भएका छन्।

राजधानी नेपिदअलगायत विभिन्न सहरमा भएका प्रदर्शनहरूमा हजारौं मानिसहरूले भाग लिएका छन्।
प्रदर्शनकारीहरूले सैन्य कूको विरोध गर्दै प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टलगायत नेताहरूलाई रिहा गर्न माग गरेका छन्।

यसअघि सांकेतिक रूपमा हर्न बजाएर, थाल ठटाएरमात्रै नागरिकले सैनिक कदमको विरोध गर्दै आएका थिए। सेनाले इन्टरनेट नै बन्द गरिदिएपछि नागरिकहरू सडकमा ओर्लिएका हुन्।

प्रदर्शनकारीहरूले मोटरसाइकल जुलुस पनि निकालेका छन्। प्रदर्शनकारीले तीन औंलाको अभिवादन गर्ने शैली पनि अपनाएका छन्। यसअघि यस्तो शैली थाइल्याण्डका प्रदर्शनकारीले अपनाउँदै आएका छन्। उनीहरूले सैनिक शासन मान्य छैन जस्ता नाराहरू लगाउने गरेका छन्।

कतिपय ठाउँमा उनीहरूले प्रहरीलाई गुलाबका फूल र खानेपानी पनि दिएको जनाइएको छ।

सेनाले इन्टरनेट बन्द गरेपछि बैंकिङ क्षेत्र पनि ठप्प भएको थियो। बैंकिङ सेक्टर चलायमान बनाउन फेरि इन्टरनेट सुचारू गरिए पनि फेसबुकलगायत सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको छ।