आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

ओलीको कदमविरुद्ध प्रचण्ड–माधव समुहद्धारा बुटवलमा विरोध सभा(तस्बिरमा हेर्नुहोस्)

गोकर्णेश्वर खबर१५ माघ २०७७, बिहीबार २१:१६ मा प्रकाशित (३ साल अघि) ९६० पाठक संख्या

बुटवल – संसद विघटनविरुद्ध आन्दोलनरत सत्तारुढ नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले बुटवलमा विरोध सभा गरेको छ । नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा सभा गरेको हो ।

दिउँसो १ बजे शुरु भएको विरोध सभालाई पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायत नेताहरुले सम्बोधन गरेका छन् । सभा शुरु हुनुअघि बुटवलको उत्तरतर्फ गोलपार्क, पश्चिमतर्फ जितगढी, पूर्व–दक्षिणतर्फ राजमार्ग चौराहाबाट जुलुस निस्कीएका थिए ।

गोलपार्कबाट निस्कीएको जुलुसको नेतृत्व केन्द्रीय सदस्य ठाकुर गैरे, बामदेव क्षेत्री, बसन्त घर्ती र पुरुषोत्तम घिमिरेले गरेका छन् । राजमार्ग चौराहाको जुलुसको नेतृत्व पार्टी स्थायी समिति सदस्य घनश्याम भुसाल, घनश्याम यादव र नारायण जीसीले तथा जितगढी किल्लाबाट शुरुभएको जुलुसको नेतृत्व स्थायी समिति सदस्य चक्रपाणी खनाल (बलदेव), ओनसरी घर्ती र राजु गुरुङले गरेका थिए ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै नेकपाले देशभर विरोध सभा गर्दै आएको छ ।