आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

वाई वाई नेपाल स्टार सुरेश लामालाई जिताउन मेयर सन्तोष चालिसेबाट रु १ लाख सहयोगको घोषणा

गोकर्णेश्वर खबर४ माघ २०७७, आईतवार १५:२६ मा प्रकाशित (३ साल अघि) ८३१ पाठक संख्या

४ माघ, काठमाडौं । वाई वाई नेपाल स्टार सुरेश लामा जिताउने अभियानले तिव्रता पाएको छ ।

आज काठमाडौं गोकर्णमा आयोजित सुरेश लामा जिताऔं प्रचारप्रसार समितिले आयोजना गरेको कार्यक्रममा सहभागिहरुले टप चारमा पुगेका सुरेश लामालाई जिताउन सबै प्रकारका प्रयासहरुलाई तिव्र बनाउने उद्घोष गरेका छन् ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ३ स्थित तारेभिर निवाशी लामालाई जिताउने अभियानलाई व्यापक बनाउन आवश्यक रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथि तथा मेयर सन्तोष चालिसेले नगरपालिकाको तर्फबाट रु १ लाख सहयोग गर्ने घोषणा गरे । मेयर चालिसेले गोकर्णेश्वरको पहिचान देशै भरी फैलाउने प्रतिभाको सम्मान गर्दै प्रचारप्रसार अभियानलाई व्यापक बनाउन युवाहरुको भूमिका विशेष रहनेमा जोड दिंदै यस अभियानलाई मिलेर अगाडी बढाउन वडा अध्यक्ष लगायत नगरपालिकामा रहेका संघसंस्था, विद्यालय, समाजसेवी व्यक्तिहरुलाई आग्रह गरे ।

यसैगरी गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख तथा कार्यक्रममकी विशेष अतिथी शान्ति नेपालले गोकर्णेश्वर नगरपालिका धेरै प्रतिभा रहेको धनि क्षेत्र भएकोमा जोड दिंदै एकताबद्ध भएर सुरेश लामालाई जिताउन, प्रचारप्रसार गर्न र भोट दिएर सहयोग गर्न आग्रह गरिन् । गोकर्णेश्वर नगरपालिकामा प्रमुख सल्लाहकार दीपक रिसालले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाल आइडल सज्जा मैनालीलाई जिताउन जस्तै सबै मिलेर सार्थक अभियान गर्नु पर्नेमा जोड दिए ।

आज सुरेश लामा जिताउ अभियानले आयोजना गरेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका वडाहरुको तर्फबाट शुभकामना मन्तव्य राख्नु हुँदै वडा नं. ६ का वडा अध्यक्ष रमेश अर्यालले गिनिज वल्ड रेकर्डका लागि लङ् स्पिकर अनन्तराम के.सी.को लागि नगरपालिका क्षेत्रमा भएको जस्तै सहयोग गर्न एकताबद्ध हुन सबैलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नंं. ६ का नेपाली कांग्रेसका सभापति भूवन लामा, पिडिजि लायन कुमारराज सुवेदी, गोकर्णेश्वर नगरपालिका स्वयंसेवक समितिका संयोजक दीपक लामा, जय मल्टिपल क्याम्पसका चिफ भवानी पौडेल लगायतले गोकर्णेश्वरको शान र पहिचानका लागि यस क्षेत्रका प्रतिभाशालि युवा गायक सुरेश लामालाई जिताउन सबै पक्षको विचमा सार्थक सहकार्यको आवश्यकता औंल्याउँदै जितका लागि शुभकामना दिएका थिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नंं. १ का अध्यक्ष राम मानन्धर, वडा नं. ५ का अध्यक्ष नारायण सुवेद, वडा नंं. ९ का वडा अध्यक्ष राजिव थापा, शहिद पार्कका अध्यक्ष सुदर्शन सिग्देल, समाजसेवी किरण बहादुर विष्ट, माधव खनाल, सुरेश लामा जिताऔं प्रचारप्रसार समितिका संयोजक गोपाल सुनाम, वडा नं. ३ का वडा सदस्य लक्ष्मण गोले, गोकर्ण प्रहरी प्रभागका सई ज्ञान कुमार कट्टेल, समाजसेवी हर्क बहादुर लामा, युवा समाजसेवी श्रीराम चालिसे लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमका सभापति वडा नं. ३ का वडा अध्यक्ष राजेन्द्र भण्डारीले वाईवाई नेपाल स्टारमा सुरेश लामालाई चौथो स्थानसम्म पु¥याउन सहयोग गर्ने सबै महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै आफ्नो क्षमता अनुसार सहयोग गरि गोकर्णेश्वरको शान बनाउन सबैले जुटेर व्यापक अभियान गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रमको सञ्चालन समाजसेवी जयराम विष्टले गरेका थिए । कार्यक्रममा सुनौलो पाइलाकी अध्यक्ष रोज विष्टले व्यक्ति गत रुपमा तीन हजार सहयोगको घोषणा गरेकी छिन् ।