आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

पछिल्लो २४ घण्टामा थपिए १३ सय ४३ कोरोना संक्रमित, १३ को मृत्यु

गोकर्णेश्वर खबर१८ मंसिर २०७७, बिहीबार १६:२८ मा प्रकाशित (३ साल अघि) ४८२ पाठक संख्या

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ९ हजार २ सय ८९ पीसीआर परीक्षण् भएका छन् ।

मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २१ सय ११ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २० हजार २ सय ७२ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ५१ पुगेको छ ।