आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

प्रधानमन्त्री शितल निवास,मन्त्रिपरिषद बैठक एक घण्टा पर सर्‍यो

गोकर्णेश्वर खबर१८ मंसिर २०७७, बिहीबार १६:०० मा प्रकाशित (३ साल अघि) ५५० पाठक संख्या

काठमाडौं । मन्त्रिपरिषद बैठक एक घण्टा पर सरेको छ । बिहीबार अपराह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक डाकिएको भए पनि एक घण्टा पर सरेको हो । यससँगै बेलुकी ५ बजे बैठक बस्न लागेको हो।

बैठकअघि प्रधानमन्त्री ओली राष्ट्रपछि विद्यादेवी भण्डारीलाई भेट्नको लागि शितल निवास गएका थिए । सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरेको भए पनि प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेट गरेपछि यसलाई चासोका साथ हेरिएको छ। पार्टीभित्रको विवादको कारण प्रधानमन्त्री ओली दवावमा छन् । सोही कारण उनले आफूलाई सहज हुने गरि कुनै निर्णय मन्त्रिपरिषद्यार्फत गर्ने हुन् कि भन्ने आशंका गरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयले राष्ट्रपतिसँगको भेटलाई नियमित भेट भने पनि पार्टीभित्रको पछिल्लो विवादबारे छलफल भएको बताईको छ । सत्तारुढ नेकपाको बुधबार बसेको बैठकमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्को मतभेद भएको थियो । बिहीबार बालुवाटारमै बसेको बैठकमा भने ओली उपस्थित भएका थिएनन्।
नेकपा सचिवालय बैठक भोलि शुक्रबारका लागि बोलाइएको छ भने १८ गते तय भएको स्थायी कमिटी बैठक २१ गतेका लागि सारिएको छ