आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024

कोरोना अपडेट : नेपालमा थप १,६१४ जनामा संक्रमण, २३ जनाको मृत्यु

गोकर्णेश्वर खबर११ मंसिर २०७७, बिहीबार १६:३७ मा प्रकाशित (३ साल अघि) ४०२ पाठक संख्या

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १ हजार ६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६ सय १४ जना संक्रमित भेटिएका हुन् ।

थपिएका १ हजार ६ सय १४ जनासहित देशभर कोरोना संक्रमित हुनेको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ । जसमध्ये २ लाख ९ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएका छन् । अहिले देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । थपिएका २३ जनासँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय १२ पुगेको छ ।