आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु

गोकर्णेश्वर खबर२० कार्तिक २०७७, बिहीबार १७:०२ मा प्रकाशित (३ साल अघि) ५०७ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ३ हजार ५१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ३ हजार ४ सय ३० जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ५१ जनासहित देशभर संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ । संक्रमितमध्ये १ लाख ४८ हजार ४ सय ८ जना कोरोना मुक्त भएका छन् ।