आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

पछिल्लो २४ घन्टामा ३३०९ जनामा कोरोना संक्रमण : ३८४४ जना कोरोना मुक्त

गोकर्णेश्वर खबर१९ कार्तिक २०७७, बुधबार १६:३४ मा प्रकाशित (३ साल अघि) ५७१ पाठक संख्या

काठमाडौं । देशैभर पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ३ हजार ८ सय ४४ जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ३ सय ९ जनासहित देशभर संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ । संक्रमितमध्ये १ लाख ४४ हजार ९ सय ७८ जना कोरोना मुक्त भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ३० जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३४ पुगेको छ ।