आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

तरुण दलद्वारा स्वास्थ्य सामग्री सहयोग

गोकर्णेश्वर खबर१४ कार्तिक २०७७, शुक्रबार १६:३२ मा प्रकाशित (३ साल अघि) ४७२ पाठक संख्या

काठमाडौं । नेपाल तरुण दलले आफनो ६८औं स्थापना दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शुक्रबार एक कार्यक्रम गरी विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । तरुण दलले शिक्षण अस्पतालमा गइ चार हजार थान मास्क, ३० थान पिपिई र ५२ थान फेस शिल्डलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

जनताको स्वास्थ्य रक्षाका लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गर्दै उक्त सहयोग हस्तान्तरण गरिएको अध्यक्ष जितजङ्ग बस्नेतले जानकारी दिए ।

तरुण दलले स्वास्थ्य सामग्री उपलब्ध गराइ सहयोग पु¥याउनुहुने नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउण्डेसनका अध्यक्ष मेन्ज खानलाई धन्यवाद व्यक्त गरेको छ ।