आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

काठमाडौं उपत्यकामा थपिए एक हजार ६ सय १५ कोरोना संक्रमित

गोकर्णेश्वर खबर१३ कार्तिक २०७७, बिहीबार १७:०२ मा प्रकाशित (३ साल अघि) २५७ पाठक संख्या

काठमाडौं उपत्यका थप एक हजार ६ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जसमध्ये ७ सय ४ जना महिला छन् भने बाँकी ९ सय ११ जना पुरूष हुन्।

त्यस्तै, काठमाडौंमा १६ हजार ५ सय २१ जना, भक्तपुरमा एक हजार ७५ जना र ललितपुरमा दुई हजार ४ सय ७० जना सक्रिय संक्रमित छन्।