आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ८४३ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर१२ कार्तिक २०७७, बुधबार १६:४१ मा प्रकाशित (३ साल अघि) २८४ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमण घटेको छ । दसैँका कारण पिसिआर परीक्षण नभएपछि कोरोना संक्रमितको संख्या घटेको हो । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८ सय ४३ जनामा कोरोना संक्रमण भएको छ ।

काठमाडौंमा ६ सय ९६ जना, भक्तपुरमा २९ जना र ललितपुरमा १ सय १८ जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ९ सय ५४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६३ हजार ३ सय ५४ पुगेको छ । संक्रमितमध्ये १ लाख २१ हजार ८ सय २४ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ८ सय ८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।