आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु

गोकर्णेश्वर खबर७ कार्तिक २०७७, शुक्रबार १६:४७ मा प्रकाशित (३ साल अघि) २४३ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या सरदर बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा देशभर १७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । योसँगै देशभर कोरोनाबाट ८ सय २९ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा देशभर ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ४ हजार ४ सय ९९ जनासहित देशभर संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । संक्रमितमध्ये १ लाख ५ हजार ४ सय ८८ जना कोरोना मुक्त भएका छन् ।