आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कोरोना संक्रमणले गम्भीर भएपछि मुख्यमन्त्री पौडेललाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

गोकर्णेश्वर खबर७ कार्तिक २०७७, शुक्रबार १५:३७ मा प्रकाशित (३ साल अघि) ४१५ पाठक संख्या

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । कोरोना संक्रमणपछि अवस्था गम्भीर बन्दै गएपछि उनलाई हेलिकप्टरबाट हेटौँडाबाट काठमाडौं ल्याइएको छ । उनको गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा उपचार हुनेछ ।

मुख्यमन्त्री पौडेललाई लक्षणसहितको कोरोना संक्रमण भएको थियो । उनकी श्रीमती विजया पौडेललाई पनि कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वास्थ्यमा थप जटिलता आउन नदिनका लागि काठमाडौं ल्याइएको उनको सचिवालयले जनाएको छ ।