आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा २,३८८ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर३ कार्तिक २०७७, सोमबार १६:५६ मा प्रकाशित (३ साल अघि) २८१ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणदर रोकिएको छैन । पछिल्लो २४ घन्टामा २ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८ जना, भक्तपुरमा ९९ जना र ललितपुरमा २ सय ८१ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा २ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । मन्त्रालयले देशभर संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये ९४ हजार ५ सय १ जना कोरोना मुक्त भएका छन् भने ७ सय ५७ जनाको कोरोना संक्रमणले ज्यान गएको छ ।