आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

काठमाडौं उपत्यकामा १,९३५ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर२९ आश्विन २०७७, बिहीबार १६:४५ मा प्रकाशित (३ साल अघि) ३०१ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा दैनिक देशभरका संक्रमितमध्ये आधा भन्दा धेरै संक्रमित फेला पर्न थालेका छन् । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ९ सय ३५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५ जना, भक्तपुरमा १ सय ३४ जना र ललितपुरमा १ सय ८ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा १ हजार ९ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ ।