आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

नेपालमा पछिल्लो २४ घन्टामा देशभर २,६३८ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर२८ आश्विन २०७७, बुधबार १६:२८ मा प्रकाशित (३ साल अघि) ३५२ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा छ । पछिल्लो २४ घन्टामा २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा २४ घन्टामा थपिएका २ हजार ६ सय ३८ जनासहित देशभर संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ८० हजार ९ सय ५४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट ६ सय ७५ जनाको ज्यान गएको छ ।