आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

नेपालमा पछिल्लो २४ घन्टामा १८ जनाको कोरोना संक्रमणबाट मृत्यु

गोकर्णेश्वर खबर२७ आश्विन २०७७, मंगलवार १८:३४ मा प्रकाशित (३ साल अघि) २०१ पाठक संख्या

काठमाडौं । सिम्टोम्याटिक कोरोना संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको सरदर संख्या पनि बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा १८ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थपिएका १८ जनासहित देशभर ६ सय ६३ जनाको कोरोना संक्रमणले ज्यान गएको छ ।

पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ५ सय ५६ जनासहित देशभर संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ७८ हजार ७ सय ८० जना निको भएर फर्किएका छन् ।