आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर वडा नं ६ मा कोरोना संक्रमित महिलाको मृत्यु

गोकर्णेश्वर खबर२६ आश्विन २०७७, सोमबार २३:१६ मा प्रकाशित (३ साल अघि) २०४४ पाठक संख्या

असोज २६, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा आज कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

महिला दमको दिर्घ रोगी थिइन् भनें हिजो मात्रै अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । मृतक महिला ६० वर्षकी थिइन् । महिलाको मृत्यु पछि शव व्यवस्थापनका लागि गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का अध्यक्ष रमेश अर्याल, वडा नं ५ का अध्यक्ष नारायण सुवेदी, वडा नं ८ अध्यक्ष मनोज ढुङ्गाना, गो.न.पा. स्वास्थ्य विभाग प्रमुख हरिप्रसाद उपाध्याय, नयाबस्ती प्रहरी इन्चार्ज सोम श्रेष्ठ लगायत स्वास्थ्य टोलि खटिएको थियो ।