आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

नेपालमा कोरोना संक्रमित अहिलेसम्मकै धेरै, पछिल्लो २४ घन्टामा ५,००८ जनामा संक्रमण

गोकर्णेश्वर खबर२४ आश्विन २०७७, शनिबार १६:४५ मा प्रकाशित (३ साल अघि) २१४ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्मकै धेरै संक्रमण हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ५ हजार ८ जनासहित देशभर संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ७४ हजार २ सय ५२ जना निको भएर घर फर्किएका छन् भने जनाको कोरोना भाइरसको संक्रमणका कारण ६ सय १४ जनाको ज्यान गएको छ ।