आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

काङ्ग्रेसका शीर्ष नेता कन्ट्र्याक्ट ट्रेसिङमा, केन्द्रीय समिति बैठक अनिश्चित

गोकर्णेश्वर खबर१७ आश्विन २०७७, शनिबार २२:५२ मा प्रकाशित (३ साल अघि) २६७ पाठक संख्या

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेताहरुमा कोरोना संक्रमण पुष्टि भएपछि शीर्ष नेताहरु कन्ट्र्याक्ट ट्रेसिङमा परेका छन् ।

यसअघि कांग्रेसका दुई नेता अर्जुननरसिंह केसी र गगन थापालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यालयमा शुक्रबार गरिएको स्वाब संकलन पछि आएको रिपोर्टमा यी नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

अन्य थप केही नेताहरुको कोरोना रिपोर्ट आउनै बाँकी छ ।

कांग्रेस केन्द्रीय कार्यालय स्रोतका अनुसार अहिलेसम्म ११ जनाको रिपोर्ट आइसकेको हो । यीमध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अन्यको रिपोर्ट आएपछि अब कांग्रेस केन्द्रीय समिति बैठक के हुने भन्ने टुङ्गो लाग्ने भएको छ । नेपाली काङ्ग्रेसले १९ असोजदेखि केन्द्रीय समिति बैठक गर्ने भनिएको थियो ।